Sajhamanch Archive

नायिका कार्की र नायक जोशी बैबाहिक जीवनमा बाँधिए

Published: (Updated: ) in टिप्स/जानकारी by .

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले आज बिबाह गरेका हुन् ।

नायिका प्रियंका कार्कीले सामाजिक संजालमा तस्वीर शेयर गर्दै आजबाट कानुनी रुपमा नै एक भएको उल्लेख गरेकी छिन् । उनले तस्वीर सार्वजनिक गर्दै ‘मिस्टर एण्ड मिसेस’ लेखेकी छिन् ।

प्रियंका र आयुष्मानको साथमा उनका परिवार र आफन्तलाई भने केही दिनदेखि बिहेको रौनकले छोएको छ ।नायिका प्रियंका कार्कीको जन्मदिनको अवसर पारेर उनीहरुले बिहे गरेका हुन् । चलचित्र ‘कथा काठमाण्डु’को छायांकनबाट सुरु भएको प्रियंका र आयुष्मानको प्रेम बैबाहिक जीवनमा प्रवेश गरेको छ ।

उनीहरुको बिहेमा परिवार, आफन्त र केही साथीहरु मात्र सहभागी छन् । चलचित्रकर्मीका लागि भने भोली पार्टीको आयोजना गरिएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *