Sajhamanch Archive

रुखबाट लडेर वृद्धको मृत्यु

Published: in समाज by .

विराटनगर। मोरङको लेटाङमा रुखबाट लडेर वृद्धको मृत्यु भएको छ । लेटाङ नगरपालिका–५ का ७४ वर्षीय मनिप्रसाद राईको रुखबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार अपरान्ह ५ बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका राईलाई घरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

मृतकको कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि मंगलबारे अस्पताल पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *