Sajhamanch Archive

एमकेके को घर ऋषिदेव लाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । झापाको बिर्तामोड-३ बिराटपोखरमा बिपन्न परिवार ऋषिदेव परिवारलाइ घर हस्तान्तरण गरिएको छ। युवाहरूको समूह एमकेके ग्रुपको नेतृत्वमा निर्माण गरिएको घर आज शनिबार एक कार्यक्रमका बिच वडा नम्बर ३ का वडाध्यक्ष भोजराज सिटौलाले देवको परिवार लाई घर हस्तान्तरण गर्दै युवाहरुले समुदायमा तिरस्कारको भाव नराखी सहयोग र भावनात्मक समन्ध लाई संस्थागत गरेकोमा धन्यवाद दिएका थिए।


अध्यक्ष सिटौलाले युवाहरू संग सहयात्रा गर्दै वडाको बिकासमा सहयोगि बन्ने बताए । संस्थाका अध्यक्ष आकाश उप्रेतीको अध्यक्षतामा रहेको कार्यक्रममा घर निर्माणमा सहयोग गर्ने ब्यक्ति र संस्थालाई कदर पत्रद्धारा सम्मान समेत गरिएको थियो।कार्यक्रमा घर हस्तान्तरणमा वडाध्यक्ष सिटौला र गायक श्रीकृष्ण लुइटेल(बोकेदारी)ले एकसाथ रिवन काटी घर हस्तान्तरण गरिएको ग्रुपका अध्यक्ष उप्रेतीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *