Sajhamanch Archive

४२ हजारभन्दा बढी कोरोना सङ्क्रमित उपचारपछि घर फर्किए, ६४ देशमा फैलियो

Published: in मुख्य समाचार, विविधा by .

काठमाण्डौ। कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण भएका झण्डै साढे ४२ हजार मानिस उपचारपछि घर फर्किएका छन् ।

अहिलेसम्म ४२ हजार तीन सय ३४ जना उपचारपछि घर फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनमा मात्रै ४१ हजार आठ सय २५ जना र चीनबाहिर पाँच सय ९ जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका हुन् ।

गएको २४ घण्टामा चीनमा ३५ तथा अमेरिका र अस्ट्रेलियामा एक–एक जना कोरोना सङ्क्रमितको ज्यान गएको बीबीसीले जनाएको छ ।

गएको डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका ६४ देशमा फैलिसकेको छ भने दुई हजार ९ सय ७९ जनाको ज्यान गएको र ८६ हजार ९ सय ९२ जना सङ्क्रमित भएका पुष्टि भएको छ । उज्यालो बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *