Sajhamanch Archive

सरकारविरुद्ध त्रिदेव नेविसंघले गर्यो प्रदर्शन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by .

मेचीनगर । त्रिदेव नेपाल विद्यार्थी संघ एकाई समिति चारआलीले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ ।

इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्नु पर्ने, विदेशबाट आयात गरिने पुस्तकमा लगाइने कर खारेज गर्नु पर्ने, स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुनिश्चित गर्नु पर्ने, ललिता निवास प्रकरणको निष्पक्ष छानबिन गर्नु पर्ने लगायतका मागसहित विरोध जनाएको त्रिदेव नेविसंघ सभापति आइतहाङ लिम्बूले जानकारी दिए।

त्रिदेव बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन चारआली चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

उक्त कोणसभालाई सम्बोधन गर्दै नेविसंघका झापा जिल्ला प्रवक्ता सञ्जय निरौलाले एउटा कोठामा बसेर दुई तिहाइको दम्बमा मात्तिएर दुईवटा विद्यार्थी संगठन मिल्न नसकेर उनीहरुको भागभण्डा नमिलेर आफनै भूमिका बनेर राजनीति शैलीमा स्ववियू निर्वाचन हुन नदिने र नेविसंघले स्ववियू भाँडो भनेर आरोप लगाउने साथीहरुलाई जवाफ दिन विरोध गर्न बाध्य भएको जिकिर गरे ।

नेविसंघले झापामा मात्र नभएर आज देशैभर प्रदर्शन गरेको नेविसंघ झापा जिल्ला सदस्य नविन खतिवडाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *