Sajhamanch Archive

विना सुचना विद्युत काटिएपछि गाउँलेले प्राधिकरणका हाकिमलाई ४ घण्टासम्म घाममा सेकाए

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

सुरुङ्गा । सेवाग्राहीले विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमाललाई ४ घण्टासम्म तातो घाममा उभ्याएर सजाय दिएका छन् ।
स्थानीय बासीले विना सुचना विद्युत काटेर सास्ती दिएको भन्दै प्रमुखलाई तातो घाममा राखेका हुन् ।

विहीबार ११ बजे विद्युत प्राधिकरण घेर्न पुगेका सयौ सर्वसाधरणलाई प्रहरीले विद्युत प्राधिकरणभित्र प्रवेश गर्नबाट रोकेपछि उनीहरुले विद्युत प्राधिकरणका हाकिमसहित सबै कर्मचारीलाई कार्यकक्षबाट बाहिर घाममा निकालेर दिनभर तातो घाममा उभ्याएर सजाय दिएका हुन ।

विद्युत कर्मचारी एसीमा बसेर सर्वसाधारणलाई पटक पटक विद्युत काटी सास्ती दिएको स्थानीय बासीको आरोप छ । हामी सर्बसाधरणलाई रातभर दिनभर लाईन जाँदा कस्तो हुन्छ भन्ने सवक सिकाउन हाकिमलाई तातो घाममा राखेको , स्थानीय कवि प्रसाइले बताए । स्थानीयले विजुली पटकपटक काटेर सास्ती दिनु भन्द बरु लोडसेडिङ गर्न समेत सुझाव दिएका छन् ।

विद्युत प्राधिकरणमा जम्मा भएका सर्वसाधरणले विद्युत आपूर्ति नियमित गर , विद्युत काट्नु पहिले सञ्चार माध्यमबाट सुचना गर , लोडसेडिङ मुक्त गर , विद्युतका कारणले विग्रिएका उपकरणको क्षतिपुर्ति दे , विद्युत काउन्टर व्यावस्थित गर लगायातका नारा लगाउँदै आक्रोसित भीड विद्युत प्राधिकरण पुगेको थियो ।

प्राधिकरण घेराउका लागि विहिबार विहानैदेखि सुरुङ्गा बजारमा माइकिङ्ग समेत गरिएको थियो । यसरी विद्युत प्राधिकरण घेराउको सुचना प्रकाशन गरेपछि विद्युत प्राधिकरण परिसरमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *