Sajhamanch Archive

रुसी महिलालाई ६ जनाद्वारा एक हप्तासम्म बलात्कृत

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भारतको चेन्नइमा एक रुसी महिलालाई ६ जना पुरुषले लागूऔषध खुवाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ।

बलात्कारमा संलग्न ६ जना पक्राउ परेका छन्। भारतीय अधिकारीहरूका अनुसार ती महिलालाई एक हप्तासम्म बलात्कार गरेका थिए। त्यस क्रममा ती महिलालाई धेरै मात्रामा लागूऔषध खुवाइएको खुलेको छ। प्रहरीले ती महिलालाई बलात्कारमा संलग्नको आशंकामा थप व्यक्तिहरूको खोजी र छानबिन सुरु गरेको छ। बलात्कारमा संलग्न ६ जनालाई भने बिहीबार पक्राउ गरिएको हो।

रुसी महिलालाई उनी बसेको होटलको कोठामा नै बलात्कार गरिएको हो। २१ वर्षीया ती युवतीको अनुहारमा घाउ भएको छ भने अचेत अवस्थामा होटलको कोठाबाट उद्दार गरिएको बताइएको छ। उनी नांगो अवस्थामा फेला परेकी थिइन्। यो घटना भएको एक हप्तापछि सार्वजनिक भएको हो। बलात्कारका घटनाको भारतमा व्यापक विरोध भएको छ जसका बाबजुद यस्ता घटनामा कमी आएको छैन।

भारतमा पछिल्लो समय बलात्कारका घटनामा अत्यधिक वृद्धि भएको छ। त्यस्तै एक अन्तर्राष्ट्रिय संस्थाले भारतमा महिलाहरू असुरक्षित रहेको सार्वजनिक गरेको थियो। उक्त रिपोर्टमा भारत महिला असुरक्षित रहेको देशको अग्र स्थानमा रहेको सार्वजनिक भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *