Sajhamanch Archive

सरकारी सन्देश: कोरोना भाइरसका कारण विदेशी भिसा रोक्दैछौ, केही दिन विदेश नजानू

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौ । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न विदेशी नागरिकलाई पनि भिसा रोक्ने प्रक्रियामा लाग्ने निर्णय लिएको छ । साथै अत्यावश्यक अवस्थामा बाहेक नेपालीलाई विदेश नजान सार्वजानीक सूचना जारी गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जारी गरेको सन्देशमा कोरानाको संक्रमण विश्वभर फैलिएपछि अत्यावश्यक अवस्था बाहेक नेपालीलाई विदेश नजान ट्राभल एड्भाइजरी जारी गरेको जानकारी दिए। ‘हामी जुन–जुन बाटो हिडेका छौं।

प्राय सबै ठाउँमा संक्रमण देखिएकाले त्यसमा सतर्क रहन अत्यावश्यक वाहेक ती मुलुकहरूमा भ्रमण नगर्न र अन्त पनि सामान्यतया भ्रमण नगर्न ट्राभल एडभाइजरी जारी गरेका छौं’ परराष्ट्रमन्त्री ज्ञवालीले भने। यस्तै, सरकारले पहिलो पटक गर्न लागेको सगरमाथा संवाद कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनका कारण स्थगित गरेको औपचारिक जानकारी गराएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले आगामी चैत २० देखि २२ गतेसम्म हुने भनिएको संवाद तत्काललाई स्थगित गरिएको बताए। ‘उपयुक्त समय हेरेर फेरि गर्ने गरी सिफारिस गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षसहित सगरमाथा सम्वादको पहिलो श्रृंखलालाई स्थगन गरेको जानकारी गराउँछौँ’ उनले भने। साथै विदेशीलाई अनआराईभल भिसापनि रोक्ने प्रक्रियामा सरकार रहेको मन्त्रीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *