Sajhamanch Archive

नीरफूल’ सर्दा ‘म यस्तो गीत गाउँछु २’ लाई होला त फाइदा !

Published: (Updated: ) in टिप्स/जानकारी by .

करिव ६ महिना सुनसान बनेको फिल्मी बजार गतसाता रिलिज दुई फिल्म ‘सेन्टी भाइरस’ र ’आमा’ले केही चहलपल गराएको छ ।

यी दुई फिल्मले हलमा गराएको दर्शकको चहल पहलको फाइदा आगामी ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई पनि पुग्ने अनुमान फिल्मकर्मीको रहेको छ ।

ती दर्शक हलमा आउँछन्, आउँदैनन् । त्यो देखिने नै छ । यो फिल्मलाई अर्को एउटा फाइदा पनि पुगेको छ । त्यो हो सोलो रिलिजको अवसर । फागुन ३० मै आउने भनिएको अर्को फिल्म ‘नीरफूल’ सरेको कारण यसले सोलो रिलिजको अवसर पाउन लागेको हो । एक नेपाली फिल्मसँग अर्को नेपाली फिल्म नजुध्ने भन्दै ‘नीरफूल’ एकसाता पछि सरेको हो ।

‘नीरफूल’ सरेपछि सोलो रिलिजको अवसर पाउन लागेको यो फिल्म त्यो फाइदा उठाउन अहिले ब्यापक प्रचारप्रसारमा जुटेको छ ।

सायद त्यसैले पनि होला फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्मा दर्शक फकाउन स्कुलदेखि मेला महोत्सवसम्म धाउन थालेका छन् ।

सो अवसरमा उनीहरुले फिल्म प्रति दर्शक आकर्षित गर्न गीतमा नृत्य गरेर दर्शक रिझाउने समेत गरेका छन् ।

फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन् । प्रेमकथाको फिल्ममा अब्बल मानिएका सुदर्शन को यो फिल्ममा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेत्री पूजा र निर्देशक सुदर्शन नै निर्माता रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *