Sajhamanch Archive

अर्थमन्त्रीसहित १९ जना सांसद पद आजदेखि चैट

Published: in राष्ट्रिय समाचार by .

काठमाडौ । दुई तिहाईको चर्चा भइरहेको बेला अर्थमन्त्रीसहित १९ जना राष्ट्रियसभाका सांसदको पदावधि आज सकिँने भएको छ । दुई वर्षे कार्यकाल भएका राष्ट्रियसभाका सांसदहरुलाई मंगलबार संसदबाट बिदा हुन लागेका हुन् । उनीहरुले आज दिउसो दुई बजे राष्ट्रियसभामा मन्तव्य राखेर बिदा लिने भएका हुन् । आजै कार्यकाल सकिनेमा अर्थमन्त्री डा युवराज खतिवडा पनि छन् ।

उनी मंगलबारदेखि सांसद नभइ मन्त्रीमात्रै रहने बताइएको छ । सांसद नहुँदा पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था रहँदै आएको छ । उनी राष्ट्रपतिले मनोनित गर्ने सिटमा सांसद भएका थिए । तर, नेकपा सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबकाबीच पनि उपाध्यक्ष बामदेव गौतमलाई उक्त सिटमा सांसद बनाउने निर्णय गरिसकेको छ । प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् ।

पदावधि सकिनेमा प्रदेश १ बाट सरिता प्रसाईं, हरिशरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव, मुक्ताकुमारी यादव, प्रदेश ३ बाट बलरामप्रसाद बाँस्कोटा, धनकुमारी खतिवडा, गण्डकी प्रदेशबाट सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले, प्रदेश ५ बाट मीना बुढा, दुर्गाप्रसाद उपाध्याय, कर्णाली प्रदेशबाट युटोल तामाङ, कालीबहादुर मल्ल, सुदूरपश्चिम प्रदेशबाट बद्रीप्रसाद पाण्डे, कमलाकुमारी ओली रहेका छन् ।

अर्को तिर खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर, वृषेशचन्द्रलालको पनि पदावधि आजै सकिँदैछ । पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नु पर्ने नियमअनुसार उनीहरुको ठाउँमा नयाँ सांसद निर्वाचित भइसकेका छन् । राष्ट्रियसभाको बैठक दुई बजे बस्दैछ । त्यसअघि आज बिदा हुने सांसदहरुको सामूहिक तस्बिर खिच्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । नयाँ निर्वाचित सांसदहरुको भने बुधबार ११ बजे सपथग्रहण हुने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *