जन्मोत्सव मनाउने खर्चले ह्विलचियर प्रदान
Published: (Updated: )
by .
शिवसताक्षी । शिवसताक्षी न.पा. १० का अशक्त रोहन दंगाललाई ह्विलचियर प्रदान गरिएको छ । सतासीधाम जेसीजको सामाजिक जन्मोत्सव उत्तरदायित्व कार्यक्रम मार्फत सतासीधाम जेसीजका सदस्य कैलाश वनेमले उक्त ह्विलचियर प्रदान गरेका हुन् ।
हुइलचियर शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा, कैलाश वनेम, नेकपा शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराई, सतासीधाम जेसीजका वर्तमान अध्यक्ष कुमारसिंह साँवालले प्रदान गरेका थिए ।
ह्विलचियर वितरणका क्रममा बोल्दै वनेमले पछिल्लो समय पश्चिमी संस्कृति अंगाल्दै तडकभडकका साथ जन्मदिन मनाएर खर्च गर्ने चलनलाई निरुसाहित गर्दै सामाजिक काममा खर्च गर्न सबैलाई आग्रह गरेका गरे ।
शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले युवाहरु सामाजिक काममा अग्रसर भएकोमा धन्यवाद दिएका थिए । समाज रुपमान्तरण गर्न त्यहाँका स्थानीय बासी नै अग्रसर भए मात्र सफल हुने उनले बताए ।
सतासीधाम जेसीजका अध्यक्ष कुमारसिह साँवाले सतासीधाम जेसीजले सुरुवात गरेको जन्मोत्सव समाजिक उत्तरदायित्व अभियानले समाजिक काममा टेवा पुग्ने बताए । विपन्न, असक्त भएका व्यक्तिहरुलाई जेसीजले विशेष ध्यान पु¥याउने समेत जानकारी दिए ।
Comments