Sajhamanch Archive

टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

मोरङ । विराटनगरमा टिपरको ठक्करबाट गएराति दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामग्राम-२ बस्ने वर्ष ४० को बाबुराम सरदार र ६ वर्षीय आरही कुमारी सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

घिनाघाट-विराटचौक सडकखण्ड अन्तर्गत मिलनचोकमा पश्चिमतर्फ आउँदै गरेको को १ क २९१७ नम्बरको टिपरले विपरित दिशातर्फ आउँदै गरेको १-००२ ह ८६०६ नम्बरको ट्याम्पोलाई राति साढे नौ बजे ठक्कर दिएको थियो ।

ट्याम्पो चालक बाबुराम सरदार र आरही कुमारी सरदार हजुरबुबा नातिनी भएको एसपी अधिकारीले बताए ।

प्रहरीले टिपर चालक सुनसरी रामधुनी नगरपालिका वडा नं. ५ का वर्ष ३२ का हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।

आक्रोशित भीडले टिपरमा आगजनी गरेका थिए । घटनास्थलमा प्रहरी पुगी दुवै लाशको पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको प्रहरीले बताएको छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *