Sajhamanch Archive

प्रम ओलीको मृगौला प्रत्यारोपण, जसलाई छ ९० वर्षे पिताजीको आशीर्वाद, करिब चार घण्टा लाग्ने

Published: in मुख्य समाचार, स्वास्थ्य by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया बुधबार बिहान ९ बजेदेखि सुरु हुँदैछ ।

सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ओलीको बुधबार बिहान पनि परीक्षणहरु गरिएको थियो । ओलीले उनका ९० बर्षीय पिताजी मोहनप्रसाद ओलीबाट आशीर्वाद लिएर अस्पतालमा भर्ना भएका थिए ।

त्यो क्षण अति संस्कारयुक्त र विनम्र एक क्षण भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका थिए । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको तयारी पूरा भएको जानकारी दिएका छन् ।

उनले प्रेस विज्ञप्ति निकालेर मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिने र विषयगत विशेषज्ञबाट स्वास्थ्य परीक्षण काम गरिएको जानकारी दिएका हुन्  ।मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी चिकित्सकहरुको टोली तयार भएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उक्त प्रत्यारोपण गर्ने चिकित्सक पनि अहिलेको टोलीमा सहभागी भएका छन् ।

प्रधानमन्त्री ओलीको प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अस्पतालले जनाएको छ । ओलीलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन् । हाम्रा कुरा बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *