Sajhamanch Archive

सहीद दिवसमा माल्यार्पण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

विर्तामोड। आज फागुन २१ अर्थात् न्याय, समानता र प्रजातन्त्र प्राप्तिका लागि २०२७ सालदेखि २०३० सम्म भएको झापा आन्दोलनको क्रममा पक्राउ परेका पाँच जना रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठले शहादत प्राप्त गरेको दिन ।

तत्कालिन व्यवस्थाका विरोधी घोषित गर्दै उनीहरुको २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढी जेलबाट इलाम जेल सार्ने बहानामा इलाम र झापा जिल्लाको सिमाना हाल अर्जुनधारा नगरपालिका–३ र माई नगरपालिका–४ मा रहेको सुखानीमा गोली हानी हत्या गरिएको थियो । यसै संन्दर्भमा विर्तामोड वडानम्बर ८ मा रहेको सहिद स्मृति पार्कमा सहिद दिवस मनाइएको छ । फागुन २१ गते दिनको सम्झनामा प्रत्येक वर्ष सहीद दिवस मनाउने गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाले माल्र्यापण गर्दै सहीदहरुलाई सम्झिएको छ ।

विर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईको अध्यक्षतामा रहेको कार्यक्रममा पूर्व सांसद तथा नेकपा प्रदेब नम्बर १ का सह ईन्चारज नरेश खरेलले माल्र्यापण गर्दै सहीदहरुको सपना समकार बनाउन एकताबद्ध भएर काम गर्न आग्रह गरे ।

सहीदका सपना र जनताका अपेक्षापुरा गर्न नसकिएको भन्दै समाज रुपान्तरण गर्न धेरै बाँकी रहेको बताएका थिए ।कार्यक्रममा प्रदेश सांसद एकराज कार्की ,नेकपा प्रदेश कमिटी सदस्य रोमणी भट्टराई लगाएको उपस्थिती रहेको थियो। बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले कुनै पनि कार्यक्रम ,सभा सम्मेलन नगर्न भनेपछि पुर्व निर्धारित कार्यक्रम नेकपाले स्थगित गरेकोले सामान्य कार्यक्रम गरि सहिद दिवस मनाईएको सह( ईन्चार्ज खरेल बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *