Sajhamanch Archive

टी–२० क्रिकेटमा नेपालको थाइल्याण्डमाथि कीर्तिमानी जित

Published: in खेलकुद by .

काठमाडौं । टी–२० क्रिकेटमा नेपालले थाइल्याण्डमाथि कीर्तिमानी जित हात पारेको छ । थाइल्याण्डको बैंककमा भइरहेको एसीसी इस्टर्न रिजन पुरुष टी–२० कप क्रिकेटमा नेपालले पहिलो जित निकाल्ने क्रममा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।

टेर्डथाई क्रिकेट मैदानमा थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५।३ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो । कम बलमा विपक्षीले दिएको लक्ष्य पुरा गर्दै नेपालले कीर्तिमानी जित निकालेको हो ।

ओपनर कुशल मल्लले नटआउट ३६ रन बनाए । यस्तै पवन सर्राफले नटआउट २७ रन जोडे । पूर्व कप्तान पारस खड्का भने ९ रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन मात्रै बनाएको थियो ।थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन जोडे । नेपालका करण केसीले ३, अविनाश बोहराले २ तथा भुवन कार्की र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *