Sajhamanch Archive

विराट बहुउद्देश्यीय आफ्नै भवनमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । विराट बहुउद्देश्यीय सहकारी संस्था आजदेखि आफनै भवनमा सरेको छ ।

संस्था स्थापनादेखि भाडामा बस्दै आएको सहकारीले बिर्तामोड नगरपालिका वडा नं.३ सैनिक मोडमा भवन निर्माण गरी आफनै भवनमा सरेर आजबाटै कारोबार पनि सुरु गरेको छ ।

संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको भवन उद्घाटन तथा कार्य शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल रहेका थिए ।

उक्त अवसरमा संस्थामा शेयर सदस्यरहि नियमित बच्त गर्ने ७५ वर्षभन्दा माथिका २२ जना ज्येष्ठ नागरिकलाई नगद २ हजारसहित वृद्ध सम्मान गरिएको थियो भने भवन निर्माण सम्पन्न गर्न खेलेको योगदानको कदर गर्दै भवन निर्माण समितिका संयोजक पर्शुराम सिटौला र भवन निर्माण गर्ने ठेकेदार सम्फी दासलाई नगद ५ हजारसहित सम्मानित गरिएको थियो ।

सो अवसरमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि पोखरेलले सहकारी एउटा अभियान तथा आर्थिक मोडल हो,यसले उन्नती, विकास र सम्वृद्धि चाहान्छ र सहकारीले कसैलाई भेदभाव गर्दैैन साथै पँजीका आधारमा धनी-गरिब भनेर समेत विभेद नगर्ने  जिकिर गरे ।

पोखरेलले नेपालको सहकारीको इतिहास लामो भएकाले यो देशको लागि दरबिलो खम्बा रहेको बताए ।

उक्त कार्यक्रम झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल,पूर्व राष्ट्रिय सभा सदस्य डिल्लीप्रसाद सिटौलालगायतले आफना धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष शिवाकोटीले संस्थाको हालको गतिविधिका बारेमा संक्षिप्त जानकारी गराउँदै संस्थाको हालको कूल शेयर पूँजी ६ करोड ६७ लाख ८१ हजार ६०० र सदस्य संख्या २ हजार ७६७ रहेको बताए ।

सो अवसरमा भवन निर्माण समितिका संयोजक पर्शुराम सिटौलाले भवन निर्माण प्राप्ती र भुक्तानी विवरण प्रस्तुत गरेका थिए जसमा १करोड ६५लाख ७८ हजार १२९ खर्च भएको जानकारी दिए ।

संस्थका महिला परिचालन समितिका संयोजक भीमा शिवाकोटीले मन्तव्यबाट स्वागत गरेको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव रुद्रप्रसाद सिटौलाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *