Sajhamanch Archive

सुर्खेतमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार घाइते

Published: in समाज by .

काठमाडौं । सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेतका प्रहरी नायव उपरीक्षक रवी रावलले  जानकारी दिए ।

दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा अनियन्त्रित भई सडकदेखि ४ सय मिटर तल खसेर दुर्घटना हुँदा तीनै जनाको घट्नास्थलमै मृत्यु भएको उनले बताए ।

घाइते चारै जनालाई उपचारका लागि सुर्खेत पठाइएको रावलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *