Sajhamanch Archive

झापा विद्रोहका ५ सहिदको सम्झनामा स्मृति सभा

Published: in राजनीति, राष्ट्रिय समाचार by .

सुखानी । तत्कालिन पंञ्चायती शासकद्वारा २०२९ साल फागुन २१ गते झापाबाट जेल सार्ने बहानामा सुखानीको जंगलमा लगि हत्या गरिएको झापा विद्रोहका ५ सहिदको सम्झनामा स्मृति सभा गरिएको छ ।

कोरोना भाइरसका कारण ठुलो स्मृतिसभा स्थगित गरिएपछि नेकपा अर्जुनधारा नगर कमिटी र नेकपाको बिद्यार्थी संगठन अनेरास्वियुद्वारा स्मृतिसभाको आयोजना गरि शहिदको सम्झना गरिएको हो । नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले अझैपनि सहिदको सपना साकार हुन नपाएको भन्दै निजी स्वार्थ र गलत क्रियाकलापका कारण सहिदका सपना पूरा हुन नपाएको बताए । विगतमा भएका गल्ती कमीकमजोरीलाई सच्चाउँदै आत्मसमिक्षा गर्दै पाएको अवसरको सदुपयोग गरेर बाँकी अभिभारा पुरा गर्नुको विकल्प नभएको नेता घिमिरेको भनाई थियो । कार्यक्रममा नेकपाका नेता तथा संविधानसभाका सदस्य प्रेम गिरीले सहिदले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताए ।

यता नेकपा विद्यार्थी संगठन अनेरास्वियुका केन्द्रिय सहसंयोजक रंन्जित तामाङ्गले त्यसवेलापनि तत्कालिन शासकले केही युवालाई मार्दैमा आन्दोलन रोकिन्छ भन्ने दिवासपना देखेको भन्दै त्यही झापा विद्रोहको आन्दोलनकै निरन्तताका कारण सयौँ बर्षको इतिहास बोकेको राजसंस्था र सामन्ती प्रथा ढलेको बताए । त्यसवेलाका झापा विद्रोहका मुख्य कमाण्डर केपी शर्मा ओली नै हालपनि देशको मुख्य पद प्रधानमन्त्री हुनुभएकोले सहिदको सपना साकार हुने विश्वास व्यक्त गरे । तत्कालिन राजा महेन्द्रको निरङकुश शासनका विरुद्ध देशमा कहिपनि आवाज नउठिरहेको बेलामा झापाबाट हतियार उठाएर शासकविरुद्ध आन्दोलन गरिएको सम्झदै बिद्यार्थी नेता तामाङ्गले त्यहि आन्दोलनकै सफलताले यो परिवर्तन सम्भव भएको बताए । उनले हज्जारौको सहभागितामा सुखानी स्मृति सभाको आयोजनाको तयारी गरिएको भएपनि कोरोना भाइरसको विषम परिस्थितिका कारण प्रतिनिधिमुलक रुपमा कार्यक्रमको आयोजना गरिएको बताए ।

सभामा विद्यार्थी नेत्री सुनिता वराल लगायातले बोल्नुभएको थियो भने स्मृतिसभामा संघिय सांसद धर्मशीला चापागाई, प्रदेश सांसद झलकसिंह दर्लामी शन्देश, नेकपा नेताहरु चिन्तन पाठक, बिजय साम्पाङ्ग, ज्योतीसिंह दर्लामी, महेन्द्र भट्टराई, बिरेन्द्र बस्नेत, नरेश चुडाल, मनोज ताम्ली लगायातको सहभागिता रहेको थियो ।

यता झापा बिद्रोहका एक योद्धा तथा नख्खु जेल ब्रेकर धर्म घिमिरेको बुधवारनै कनकाई माईमा अन्तिम संत्कार गरिएको छ । घिमिरेको मंगलवार विहान भारतको पश्चिम बंगालमा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *