Sajhamanch Archive

कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास

Published: (Updated: ) in स्वास्थ्य by .

काठमाडाैं । प्रदेश–१ सरकारले विराटनगरस्थित कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने भएको छ ।

प्रदेश सरकारले काठमाडांैस्थित वीर अस्पतालसँगको सहकार्यमा यसै वर्षदेखि अञ्चल अस्पताल कोसीमा एमडीको अध्ययन अध्यापनको तयारी गर्न लागेको हो ।

सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न लागिएको जानकारी दिएको छ

। सामाजिक विकास मन्त्री जीवन घिमिरेले साउनको अन्तिम साताबाट एमडीका लागि विधार्थी भर्ना लिएर यसैवर्षदेखि कोसी अञ्चल अस्पतालमा पठनपाठन गर्ने तयारी भइरहेको बताए ।

‘कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्नका लागि आवश्यक विद्यार्थी लगायतका कुरामा वीर अस्पतालसँग सहमति भइसकेको छ’, मन्त्री घिमिरेले भने, ‘एमडी पढाइका लागि सबै विद्यार्थी वीर अस्पतालले पठाउनेछ । कोसी अञ्चल अस्पताललाई प्रयोगात्मक कक्षाका रूपमा ती विद्यार्थीले प्रयोग गर्नेछन् ।’

मन्त्री घिमिरेका अनुसार यो वर्षको एमडीका लागि ५ देखि १० जना विद्यार्थी वीर अस्पतालले कोसी अञ्चल अस्पतालका प्रयोगात्मक अभ्यासका लागि पठाउनेछ । उनले अर्को वर्षदेखि कोसी अञ्चल अस्पतालमा एमबिबिएसको पढाइ पनि सञ्चालन गरिने जानकारी दिए ।

त्यसै गरी सामाजिक विकास मन्त्रालयले ग्रामीण क्षेत्रका गरिब तथा जेहेन्दार विधार्थीलाई विषेश सहुलियत दिएर एमबिबिएस अध्ययन गराउन सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रदेश सरकारले सहुलियत प्रदान गरेर एमबिबिएस अध्ययन गरेका चिकित्सकले कम्तिमा पाँच वष ग्रामीण क्षेत्रमा रहेर करारमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने प्रावधान मन्त्रालयले बनाएको छ । मन्त्री घिमिरेले पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयले चाँडै नै हालसम्म चार वटा विधेयकको मस्यौदा तयार पारेको जानकारी दिए ।

उनले अब बस्ने प्रदेशसभामा ती विधेयक टेबल हुने प्रक्रियामा रहेको जानकारी दिए । पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयले मन्त्रालय गठन भएदेखि हालसम्म भएको काम कारबाहीको बारेमा जानकारी गराइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *