Sajhamanch Archive

नेपाल र सिंगापुरबीचको खेल रद्ध

Published: in खेलकुद by .

काठमाडौं । थाइल्याण्डमा जारी रहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ ।

वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि खेल टस नै नभई रद्ध भएको हो ।

आज बिहान बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा स्थानीय समयअनुसार बिहान साढे ९ बजे खेल शुरु हुने तय थियो । तर पिच खेल्नलायक नभएपछि साढे दुई घण्टासम्म पनि टस हुन सकेन र खेल रद्ध भएको एसीसीले जनाएको छ ।

प्रतियोगितामा सिंगापुरले यसअघि नै लगातार तीन खेल जितेर शीर्ष दुईमा स्थान पक्का गर्दै एसिया कप क्वालिफायरमा समेत स्थान सुरक्षित गरिसकेको छ ।

उता उपाधि जित्ने लक्ष्य बनाएर थाइल्याण्ड गएको नेपाल भने सुरुवाती दुई खेलमा हार बेहोरेपछि लक्ष्य पूरा गर्न असफल भएको छ ।

आजै मलेसिया र हङकङबीच अर्को खेल हुँदैछ । उक्त खेलको विजता पनि एसिया कप क्वालिफायरमा छनोट हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *