Sajhamanch Archive

एकै परिवारका चार जनाले सेतीमा हाम फाले

Published: (Updated: ) in समाज by .

डोटी  । आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् ।

हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा बमहहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र ए छोरी हुन् । बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक डबलबहादुर कठायतले बताउनुभयो ।

परिवारका चार सदस्यले सेती नदीमा सामूहिक रुपमा किन हाम फाले भन्ने विषयमा छानविन तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताउनुभयो । ‘बम बोहराका परिवारले सेती नदीमा हामफाले भन्ने खबर आयो, प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ, के कारणले हाम फालेका हुन अनुसन्धान छि मात्रै सबै कुरो भन्न सकिन्छ’, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरी रहेको जनाएको छ । घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाड क्षेत्रमाको सीमाक्षेत्रमा पर्दछ।

शनिबार धौलीका श्रीमान् बमबहादुर बोहरासहितको टोलीलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको र उनको बयानपछि मात्र घटनाका बारेमा केही थप जानकारी खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

-उज्यालोखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *