Sajhamanch Archive

कचनकवलमा निःशुल्क स्वास्थ्य शिविर, २ हजार ३ सय बढीको स्वास्थ्य परीक्षण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । पूर्वी दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा २ हजार ३ सय २५ जनाले सेवा लिएका छन् ।

सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाली काँग्रेस कचनकवल गाउँपालिकाको आयोजना तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजना विभिन्न रोगका विशेषज्ञ डाक्टर सहितको टोलीले २ हजार ३ सय २५ जनालाई निशुल्क स्वास्थ्य सेवा दिएका हुन् ।

नोवेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालको नेतृत्वमा आएको प्राविधिक टोलीले नाक कान घाटी रोग, हड्डी तथा नशा रोग, बाल रोग, स्त्री रोग, दन्त रोग लगायतका विशेषज्ञ टोलीले ल्याब, अल्ट्रा साउण्ड, इसिजी सहित फागुन २३ र २४ गते निरन्तर सेवा दिएका हुन् । शिविरमा अल्ट्रा साउण्ड सेवा ४५३ जना, इसिजी २५३ जना, दन्त रोग ६० जना, जेनेरल अप्रेसन ११ जना, पाठेघरको मुखको क्यान्सर परीक्षण २१ जना लगायत जेनेरल फिजिसियन सेवा गरी २३२५ जनाले निशुल्क उपचार सेवा लिएका छन् भने स्वास्थ्य समस्या भएका विरामीलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो । विभिन्न रोगका जटिल अप्रेसन गर्नु पर्ने ५३ जनालाई अस्पताल रेफर समेत गरिएको छ ।

नेपाली काँग्रेस कचनकवल गाउँ सभापति तुलाराम अधिकारीको अध्यक्षता तथा पूर्व संसद एवम संविधान सभाका सदस्य शुधिरकुमार शिवाकोटीले उद्धाटन गरेको शिविर समापन प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल, सचिव गीताप्रसाद भट्टराई, जिल्ला सदस्य विजय रिजाल, कालेन्द्रप्रसाद राजवंशी, महासमिति सदस्य भूमिप्रसाद राजवंशी, क्षेत्रीय समिति प्रदेश सभापति चिन्तामणि खरेल लगायतले शिविर व्यवस्थपनमा भूमिका खेलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *