Sajhamanch Archive

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कमल गाउँपालिकाद्वारा उद्यमी महिला सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

कमल । प्रत्येक बर्ष मार्च आठ तारिखका दिन मनाइने अन्तराष्ट्रिय नारी दिवस कुनै खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैगिक बिभेद बिरुद्धको आवाज सहितको संघर्ष हो ।

महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलद्ध पारिदै, महान संकल्प र अठोटको साथ निरन्तर जारी राखिने अनन्तकालिन महायात्रा हो नारी दिवस । बिगत बर्षहरु जस्तै संसार भरिका महिलाहरुले यो बर्ष पनि “१०८ औ” अन्तराष्ट्रिय नारी दिवसलाई धुमधामका साथ मनाएका छन् ।

प्रत्येक नारी दिवसमा एउटा एउटा मुख्य बिषय (थिम) मा आधारित नाराहरु बनाइन्छ । प्रत्येक देशले आ–आफ्नै समसामयिक बिषयहरुलाई समाबेस गरि नाराहरु बनाउने गर्दछन । यो पटकको “११० औ नारी दिवसको अवसरमा नेपालले तयार पारेको को लागि राष्ट्रिय नारी दिवस नारा “समानताको पुस्ता, अन्त्य गरौं हिंसा विभेद र असमानता” मन्ने नाराका साथ आज धुमधामका साथ नारी दिवस मनाईयो ।

उद्यमी महिला सम्मानित
यसै अवसरमा आज कमल गाउँपलिका महिला तथा वालवालिका शाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय नारी दिवस मनाईएको छ ।

कार्यक्रममा गाउँपालिकाको क्षेत्र भित्र रहेर व्युटीपार्लर, बाख्रापालन, सिलाई बुनाई, ढाका उद्यमी, तरकारी खेतीका माध्यमबाट आफुलाई समाजमा स्थापित गर्न सफल महिला उद्यमीहरुलाई नगदसहित सम्मान पत्र द्वारा प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमा वडा नम्वर १ बाट क्रमसः लक्ष्मी भण्डारी, सीता कार्की, निरुपा राई, भीमकला थापा, तारा बस्नेत, नर्वदा दवाडी र रिता पमुलाई कमल गाउंँपालिका अध्यक्ष मेनुका काफ्लेले सम्मान गरेकी थिइन् ।

उद्यमीलाई सम्मान पछि आफ्नो मन्तव्यका क्रममा अध्यक्ष काफ्लेले हिजोका दिनमा महिला मुक्तिमा विरुद्धमा वोल्न पाईदैन थियो । महिलाहरु घर बाहिर निस्कन पाउदैन थिए । आज महिलाहरु स्वतन्त्र भएका छन् तर यो तेती सजिलै प्राप्त नभएको बताइन् । त्यसैगरी संविधानले दिएको ३३ प्रतिशत महिला सहभागीताको सुनिस्चिता गरेकोले पनि आज हरेक महिलालाई अवसर प्राप्त भएकोले विभिन्न क्षेत्रमा महिलाहरु अगाडि पुगेको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए ।

हरेक वर्ष मार्च ८ तारिखका दिन नारी दिवश मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्रा्ष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

ल्यापटप वितरण
त्यसैगरी २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई त्यापटप समेत वितरण गरिएको थियो ।
यसरी उत्कृष्ट जिपिए ल्याएर पुरस्कृत हुने विद्यार्थीहरुमा सामुदायिक विद्यालयतर्फ मंगलमय माध्यमिक विद्यालयका कमल ५ का छात्र योगेश अधिकारी र छात्रा प्रिया चुहानलाई एक÷एक थान ल्यापटप द्वारा पुरस्कृत गरिएको थियो ।

संस्थागत विद्यालयतर्फ सर्वाेत्कृष्ट जिपिए ल्याउने हिमाली माध्यमिक विद्यालय कमल ६ का रमेश सोरेन, नवोदय माध्यमिक विध्यालयका कमल २ का कृति अधिकारी र ईभरग्रिन माध्यमिक विद्यालय कमल ६ का प्रशान्त खतिवडा तीनै जनाको जिपिए बराबर भएकोल नगद २० हजार रुपैयाका दरले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम महिला तथा वालवालिका शाखा प्रमुख रेनुका गौतमले सञ्चालन गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *