विदेशीहरूले यसरी मनाए होली
Published:
by .
पोखरा । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।
यस्तैमा काँस्कीको पोखरामा विदेशी पर्यटकहरूले धूमधामका साथ होली मनाएका छन् । पोखराको लेकसाइडमा विदेशी पर्यटकहरूले होली मनाएका हुन् ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदैछ ।

यद्यपि, यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ ।
Comments