Sajhamanch Archive

हातेमालो कृषि सहकारी दियो, ८० जना कृषकलाई तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । धरमपुरका कृषकहरुलाई दुधालु पशु र आन्तरिक परजिवी सम्बन्धी तालिम दिइएको छ । धरमपुरको हातेमालो कृषि सहकारी संस्थाले आफ्ना दुध उत्पादन गर्ने सदस्यहरुलाई तालिम दिइएको हो ।

संस्थाले शिवसताक्षी वडा नं १, २ र ३ का सदस्य कृषकलाई समेटेर मंगलबारेस्थित मोती माध्यमिक बिद्यालयमा तालिम दिएको थियो ।

तालिममा भीरब्याग कम्पनी प्रालिका मार्केटिङ म्यानेजर भोजराज आचार्यले सहजिकरण गरेका थिए । शिबसताक्षी–१, २ र ३ का ८० जना कृषकहरुले तालिममा सहभागिता जनाएका थिए । तालिम पश्चात सहभागी कृषकहरुलाई जुम्रा, जुका, उपिंया, नाम्ले लगायत भिटामिनका औषधीहरु बितरण गरिएको हातेमालो कृषि सहकारी संस्थाले जनाएको छ ।

सहकारी संस्था मार्फत चार वर्ष अघिदेखि दुध सङ्कलन गर्दै आइरहेको छ । संस्थाले दैनिक ४ सय लिटर बढी दुध सङकलन गर्दै आइरहेको जनाएको छ । धरमपुरमा चिस्यान केन्द्र स्थापना गरेर शिबसताक्षी–१, २ र ३ का कृषकहरुको घर–घरबाट दुध सङ्कलन गरिरहेको हो । दुध, माछासहित मौसमी तथा बेमौसमी तरकारी र फलफुलहरु उत्पादन गर्दै बजारीकरण गर्दै आइरहेको संस्थाले जनाएको छ ।

सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद गौतमको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो । तालिममा संस्थाका उपाध्यक्ष श्याम कुलुङ राईले स्वागत मन्तव्य राखेको थिए भने सचिव तेजेन्द्र घिमिरेले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *