Sajhamanch Archive

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका कार्यकर्ता पक्राउ

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने नेविसंघका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन विश्व विद्यालयको ५९ वार्षिक दिवस र सिनेट बैठकलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई नेविसंघका कार्यकर्ताले शनिबार कालोझण्डा देखाउने प्रयासको आरोपमा नेविसंघ त्रिभुवन विश्व विद्यालयका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

२२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न गम्भीरता नदेखाएको, दुई तिहाईको नाममा अधिनायकवाद चरित्र प्रदर्शन गर्न खोजेको लगायतका आरोप लगाउँदै नेविसंघका कार्यकर्ताले शनिबार प्रधानमन्त्रीविरुद्ध कालोझण्डा देखाउने प्रयास गरेका थिए ।

त्यसैक्रममा प्रहरीले लाठीचार्ज गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  प्रहरीको लाठीचार्जबाट घाइते भएका योगेन्द्र रावलको कीर्तिपुर हस्पिटलमा उपचार भइरहेको छ ।

पक्राउ परेका अन्यलाई प्रहरीले महानगरिय प्रहरी वृत्त कीर्तिपुरमा राखेको छ ।

 उज्यालो   खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *