Sajhamanch Archive

इँट्टा प्रहारबाट बुवाको मृत्यु, छोरा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

अर्घाखाँची। कपिलवस्तुमा एक पुरुषको हत्या भएको छ। जिल्लाको शिवराज नगरपालिकामा छोराको इँट्टा प्रहारबाट बावुको मृत्यु भएको हो। बावुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। बावु चन्द्रबहादुर जिसीको हत्या आरोपमा शिवराज नगरपालिका-९ तुरुन्तपुरका ३२ वर्षीय वसन्त जिसिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवादका कारण छोराले इँट्टाले हानेपछि गम्भीर घाइते भएका चन्द्रबहादुरको चन्द्रदेव संजिवनी अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले बसन्तलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *