Sajhamanch Archive

अग्निपीडितलाई कमल गाउँपालिकाको सहयोग

Published: in राष्ट्रिय समाचार by .

कमल । कमल गाउँपालिकाले आज एक कार्यक्रमका बिच अग्निपीडितलाई राहात वितरण गरेको छ ।

गत फागुन २१ गतेका दिन कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारे बजारमा भएको आगलागीबाट पीडित बनेका परिवारलाई राहत स्वरुप नगद र जस्तापाता हस्तान्तरण गरिएको हो ।

आगलागीका कारण दुःखमा परेका परिवारलाई गाउँपालिकाले नियम अनुसार राहात उपलब्ध गराएको छ । राहलले पीडित परिवारको क्षतीलाई परिपूर्ति गर्न नसकेपनि केहश्र हदसम्म मलम पट्टी लगाउन सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
मान्छेलाई सानो गल्तीका कारण ठुलो विपत्ति पर्छ । आगामी दिनमा आगलागीका घटना हुन नदिनका लागि सबैले सावधानी अपनाउनु पर्ने समेत अध्यक्ष काफ्लेले सबै गाउँपालिकाबासीलाई अनुरोध गरेकी छिन् ।

आगलागीबाट पीडित बनेका घरधनी शेर बहादुर लिम्बु लाई नगद ५० हजार रुपैया का साथै ३ वण्डल टिन प्रदान गरिएको छ । त्यस्तै सोही घरमा भाडामा बस्ने पार्वता राजवंशीलाई नगद १५ हजार, रुकमणी ताजपुरियालाई नगद १५ हजार र चुड्कीमर्डी सतारलाई नगद १० हजार हजार रुपैयाका दरले गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु सिवाकोटीले प्रदान गरेका हुन् ।

राहात वितरण कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल, वडा नम्वर ५ का वडा अध्यक्ष डम्बर वहादुर निरौला वडा नम्वर ६ का वडा अध्यक्ष नगेन्द्र भट्टराई वडा नम्वर ७ का वडा अध्यक्ष पृथ्वी पति राई प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ नेपाल रेडक्रस सोशाईटी लखनपुर उपशाखाका अध्यक्ष चन्द्र शाह लगायतको उपस्थिती रहेको थियो ।

अगालागीबाट घरधनी शेरबहादुर लिम्बुको घर पूर्ण रुपमा जलेर क्षति भएको छ भने सोही घरमा भाडामा बस्ने पार्वता राजवंशी, रुकमणी ताजपुरिया र चुड्कीमर्डी सतारको समेत सबै सामान जलेरनष्ट भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *