Sajhamanch Archive

ओखलढुंगामा जिप दुर्घटना हुँदा ११ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा आज बिहान जिप दुर्घटना भएको छ।

मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ४ केत्तुकेमा बोलेरो दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएका छन् ।

वीरगञ्जबाट ओखलढुङ्गाको रुम्जाटारतर्फ आउँदै गरेको प्रदेश नं. ३–०१०२२ च ३१८३ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटना हुँदा जिपमा सवार १२ जनामध्ये ११ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्‍भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

पर्सा जिल्ला घर भएका २१ वर्षीय चालक अनिलकुमार सहनीको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेहरूको ओखलढुंगा मिसन अस्पताल सोब्रुमा उपचार भइरहेको छ। चालक सहनीको ढाड भाँचिएको सामुदायिक अस्पताल सोब्रुले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारका वर्ष ४० का राजन घले, वर्ष ३९ का सनम घले र वर्ष ३८ को बल बहादुर श्रेष्ठ, पर्सा जिल्ला घर भएका वर्ष २५ की सुगम्भीदेवी मुखिया रहेका छन्।

त्यस्तै दुर्घटनामा परि घाईते हुनेहरुमा रामेछाप जिल्लाका वर्ष ३० का कपिल मगर, सिद्धिचरण नगरपालिका वडा नंं. १२ वस्ने वर्ष ३४ को विराज थापा रहेका छन्। त्यस्तै, पर्सा जिल्लाका वर्ष १७ का राजकुमार सहनी, वर्ष २२ का हिरालाल मुखिया, पर्सा जिल्लाका सुगम्भीदेवीकी ३ वर्षकी छोरी अञ्जुकुमारी मुखिया र उनकै एक महिनाको छोरा आकाशकुमार मुखिया घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले जानकारी दिए।

जिपमा सवार पर्सा जिल्लाकै वर्ष १९ को कृष्ण चौधरी भने सकुशल रहेका छन्। जिप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनाको कारणबारे खुलिनसकेको प्रहरीले जनाएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *