Sajhamanch Archive

नेताहरूका ‘पोस्ट म्यारिज अफेयर’ र स्क्यान्डल सार्वजनिक हुनुको कारण

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । राजनीतिमा लामो समयसम्म प्रतिष्ठाको जग बसालेका कतिपय नेताहरूको पोस्ट म्यारिज अफेयर अथवा यौनजन्य सम्बन्धका स्क्यान्डल सार्वजनिक, नौलो विषय हुन छाडेको छ । यो एक बर्षको दौरानमा मात्रै नेपालका कतिपय नेताका सम्बन्धका विषयमा ठूला बहस, पदीय दायित्वबाट बर्खास्त वा राजीनामा भएका थिए ।

सुदूरपश्चिम प्रदेशका तत्कालिन सामाजिक विकास मन्त्री दिर्घ सोडारीलाई यस्तै प्रकरणले राजीनामा गर्नका लागि बाध्य पारेको थियो । पार्टीकी एक जना महिलासँगको सम्बन्धमा खटपट आएपछि उक्त विषय प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुगेपछि सोडारीको राजीनामा आएको थियो ।

यसको कारण, सम्बन्धित महिलालाई सोडारीले सुरक्षा प्रदान गर्ने वा आर्थिक सहयोग र अवसर नदिएको भन्ने हल्ला पनि भयो ।

लगत्तै यस्ता खबरहरू सार्वजनिक हुने क्रम जारी भए । लामो समयसम्म सम्बन्ध कायम रहेको भन्ने जानकारीसहित राज्यको ठूलो ओहदामा रहेका तत्कालिन सभामुख कृष्णबहादुर महराको संसद सचिवालयकी कर्मचारीसँग सम्बन्ध स्थापित हुँदा हिंसा भएकोे भन्ने जानकारी सार्वजनिक भयो ।

उनले केही महिना पूर्पक्षका लागि थुनामा बस्न परेको थियो । जिल्ला अदालतले उनलाई घटना भएको भन्ने विषयमा निर्दोष भने पनि ति महिलासँग उनको कस्तो प्रकारको सम्बन्ध हो भन्नेचाहिँ छताछुल्ल बनायो ।

यसको कारणका रुपमा ति महिलाको सरुवा नगरिदिएको भन्ने विषय आयो । सरुवाको लाभको कुरा मात्र नभएर सतहमा रकमको सहयोग गरेका गसिप पनि चलेका थिए ।

नेपालमा मात्र होइन विभिन्न मुलुकका राजनीतिक पार्टीमा आवद्ध, शक्ति केन्द्रमा पुगेका मानिसका यस्ता स्क्यान्डल सार्वजनिक नभएका होइनन् ।

सन् २०१४ मा भारतीय कांग्रेसका महासचिव नै रहेका बेला दिगविजय सिंह र महिला पत्रकार अमृता रावबीच सम्बन्ध रहेको तस्बिर एमएमएस सार्वजनिक भएको थियो । उनीहरूले त्यसबेला वैवाहिक सम्बन्धमा बाँधिन लागेको भन्ने तर्क गरेका थिए ।

आन्ध्र प्रदेशको गभर्नर रहेका बेला एनडी तिवारीको तीन महिलासँग निवासमा रहेको सीडि बाहिरिएको थियो । यसले पनि मिडियालाई खुबै तताएको थियो ।

नेपालमा पनि त्यसबेला भारतीय नेताका स्क्यान्डल जस्तै राजनीतिक पार्टीका विविध पदमा रहेका व्यक्तिको भित्री सम्बन्ध छारस्ट हुनु अस्वभाविक नरहेको मान्छिन्, एक नेत्री ।

ति नेत्रीका अनुसार तहगत हिसाबमा नै सम्बन्ध कायम राखेर नेताहरूले चुनावी मैदानमा उतार्ने बचन दिन्छन् । चुनाव नजिकिएको बेला टिकटका लागि अथवा कुनै राजनीतिक नियुक्तिका बेला सम्बन्धित नेताले यौनजन्य सम्बन्धको अपेक्षाको संकेत गर्छन् ।

उनी यति मात्र मान्दिनन्, कतिपय अवसर लिने महिलाहरूले नै लिफ्ट दिएर सम्बन्धहरू स्थापित भएका छन् । त्यसमा अवसर लेनदेनका घटना पर्याप्त रहेको उनको बुझाई छ ।

‘यो संस्कृति राजनीतिक दलका उच्च तह, निर्णायक तहमा व्यापक नै छ । यो वा त्यो पार्टी होइन, प्रायः सबैमा यो मनोदशा र मनोवृत्ति हावी छ’, ति नेत्री सुनाउँछिन् ।

नेपाली राजनीतिमा रहेका विविध व्यक्तिका पोस्ट म्यारिज अफेयर तथा स्क्यान्डल बाहिर आउनुको कारणचाहिँ दुईवटा पाटोमा व्याख्या गरिन थालिएको छ ।

पहिलो, सम्बन्धित व्यक्तिले अवसर नदिएपछि त्यसको आवेगमा सामाजिक सञ्जाललगायतमा उत्रिनु र दोस्रोचाहिँ कसैको प्रयोग र उक्साहटमा राजनीतिक चरित्र समाप्त पार्नु रहेको बताइन्छ ।

प्रतिष्ठासँगै शक्ति हातमा भएपछि त्यसको वरिपरि पुग्ने महिला पनि कम छैनन् भने त्यसको दुरुपयोग गरी स्वार्थ पूरा गर्ने व्यक्ति पनि भएकैले यस्ता घटना सुनिने र चर्चामा आउने गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *