Sajhamanch Archive

भारतमा ट्रली र जीप ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गयो

Published: in विविधा, विश्व समाचार by .

काठमाण्डौ । भारतको राजस्थान जोधपुरमा ट्रली र जीप ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गएको छ । शनिबार बिहान भएको दुर्घटनामा परि ११ जनाको घटनास्थलमै ज्यान गएको र अरु तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरु रामदेवरा दर्शनका लागि गएका थिए । दुर्घटनामा एकै परिवारका ४ जना पुरुष, ६ जना महिला र एक बालकको ज्यान गएको छ ।घाइतेहरुको जोधपुरको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरी दुःख व्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *