Sajhamanch Archive

असिनाले कुटेर बालकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले कुटेर मृत्यु भएको छ ।

नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन् ।

सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका हुन् । बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *