इष्टपोइन्टका विद्यार्थीलाई निःशुल्क माक्स
Published:
by .
भद्रपुर । भद्रपुर ४ स्थित इष्टपोइन्ट अंग्रेजी माध्यमिक विद्यालयले कोरोना भाइरस संक्रमणबाट बच्न विद्यालयमा अध्ययनरत छात्रछात्रालाई निशुल्क मास्क वितरण गरेको छ ।
छिमेकी मुलुक भारतसम्म संक्रमण बढी सकेको कोरोनाले आक्रमण गर्न सक्ने त्रास बढिरहेको बेला रोग रोकथामको पूर्वतयारी अन्र्तगत विद्यालयमा अध्ययनरत ४५० जना छात्रछात्रालाई निशुल्क मास्क वितरण गरिएको हो ।
विद्यालयको लगानीमा तयार पारिएका मास्क विद्यालयको बालक्लबको संयोजनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार घिमिरे तथा प्रिन्सिपल कपिल पौडेलले सम्युक्त रूपमा हस्तान्तरण गरेका थिए ।
Comments