Sajhamanch Archive

बिर्तामोडको अदुवा खोलामा भेटियो मृत शिशु

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । माछा मार्ने क्रममा बिर्तामोड–४ सुर्योदय टोल नजिकै अदुवा खोलामा अंग विकास भइसकेको शिशु फेला परेको छ ।

आज बिहान १० बजे स्थानीय बालबालिकाले माछा मार्ने क्रममा शिशु देखेपछि खवर गरेका थिए । अन्दाजी ६र७ महिनाको शिशु फेला परेपछि बिर्तामोड प्रहरीले घटनास्थलको मुचुल्का गरेको छ ।

शिशुलाई जन्म नदिई गर्भपतन गरेर फालिएको हुन सक्ने प्रहरीको भनाई छ । उनीहरुका अनुसार हालसम्म शिशु कसले फालेको भन्ने पहिचान भएको छैन । यसबारे अनुसन्धान हुने प्रहरीको भनाई छ । इजलास बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *