Sajhamanch Archive

साहित्यिक परिवारले गर्यो विदाई तथा रचना वाचन कार्यक्रम

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । मनकामना साहित्यिक परिवारले विदाई तथा रचना वाचन कार्यक्रम आज सम्पन्न गरेको छ ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले मनकामना कलेज बिर्तामोडमा स्थापित उक्त परिवारले विभिन्न समयमा विविध किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।

परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यकमको प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं रहेका थिए ।

सो अवसरमा कलेजमा विभिन्न संकायमा अध्ययनरहत विद्यार्थीहरुले आ-आफ्ना कला,प्रतिभाहरु प्रस्तुत गरेका थिए । यसरी बिदाई हुनेमा परिवारका सचिव इन्साफ भाई ढुंगेल सदस्यहरु सुजता न्यौपाने र केशव भण्डारी रहेका छन् ।

सोही अवसरमा परिवारले रिक्त भएको पदमा समेत सदस्यहरु मनोनित गरेको छ भने रिक्त भएको सचिव पदको जिम्मेवारी सह -सचिव उमेश खतिवडालाई दिएको छ ।

यसरी मनोनित हुने सदस्यहरुमा आइस्का कार्की,कल्पना गुरुङ, दिपक ढुङ्गाना र विपना घिमिरे रहेका छन् भने सह सचिवमा किशोर इङनामलाई मनोनित गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख प्रसाईं,शैक्षिक संयोजक कुमार थपलिया लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा बिदाई हुनको तर्पबाट परिवारका सचिव इन्साफ भाई ढुंगेल मनकामना साहित्यिक परिवारमा रहँदाका आफ्ना अनुभव र अनुभूति राखेका थिए ।

परिवारका सदस्य किशोर इङनामले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सह- सचिव उमेश खतिवडाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *