Sajhamanch Archive

अतिक्रमित सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरेका हौं : मन्त्री अर्याल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरिएको बताएकी छन् ।

राष्ट्रियसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले ठूलो संख्यामा अतिक्रमित जग्गा फिर्ता ल्याउन अभियान नै सञ्चालन गरिएको बताएकी हुन् ।

मन्त्री अर्यालले भू–उपयोग ऐन कार्यान्वयनको लागि छिट्टै नियमावली ल्याउने तयारीसमेत भइरहेको जानकारी गराइन् ।

पछिल्लो समय मालपोत कार्यालयको कार्यसम्पादनमा सुधार आएको दाबी गर्दै उनले मुलुकभरका मालपोत कार्यालयका कामहरु प्रविधिमन्त्री बनाउँदै लैजाने काम भइरहेको उल्लेख गरिन् ।

मन्त्री अर्यालले सुकुमबासी र अव्यवस्थित बसोबास समस्या समाधानको लागि पनि काम भइरहेको बताइन् ।

इमेज खबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *