Sajhamanch Archive

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष सिंहको निधन

Published: in राष्ट्रिय समाचार by .

काठमाडाैं । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन भएको छ।

२० दिनअघि आफैं हिँडेर बल्खुस्थित बयोधा अस्पतालमा भर्ना भएका सिंहको आइतबार बिहान ३ बजे निधन भएको सिंहका आफन्तले जानकारी दिए। छातीकाो इन्फेक्सन भएका सिंह विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष, नेपाली सेनाका पूर्वजर्नेल र शाही पार्शवर्ती रहेका थिए।

उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि अाइतबार मध्यान्ह १२ बजे पशुपति, वनकालीको हंसमण्डपमा राखिने विश्व हिन्दू महासंघकी उपाध्यक्ष अस्मिता भण्डारीले जानकारी दिइन्। सिंहको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ। सिंहका तीन छोरा रहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *