Sajhamanch Archive

गाउँलेको कुटपिटबाट दुई जना झाक्रीको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ।

झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङको मृत्यु भएको हो। गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए।

घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ। वर्षाका कारण सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुग्न लामो समय लाग्ने भएकाले सोही गाउँपालिकाको फूलखर्क प्रहरी चौकी र खनियावास गाउँपालिकाको दार्खा इलाका प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी सो क्षेत्रमा गएको र थप विवरण नआएको प्रहरी उपरीक्षक विकले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *