Sajhamanch Archive

अर्को सूचना जारी नगरेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा आजका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका हुन् ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक पनि १३ गतेसम्मलाई स्थगित गरिसकिएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *