Sajhamanch Archive

कोरोनाबाट इटलीमा एकैदिन ६२७ जनाको मृत्यु ,सचेत हौ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ । इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था दर्दनाक छ । इटलीमा कोरोनाको पहिलो संक्रमण लोम्बार्डीमै पुष्टि भएको थियो । कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा कठिनाइ भइरहेको सीएनएनले जनाएको छ ।

कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लोम्बार्डीमा लगाइएको प्रतिबन्ध कडा र पर्याप्त नभएकोसमेत बताएका छन् । अवस्था भयावह बनेपछि इटली सरकारले अब प्रतिबन्ध कडा गर्न सेनालाई परिचालन गर्ने तयारीसमेत गरेको सीएनएनको समाचारमा उल्लेख छ । इटलीका राष्ट्रपतिले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा सेना परिचालनलाई स्वीकार गरिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सेना प्रयोग गर्ने अनुरोध स्वीकार गरिएको छ । तत्काललाई लोम्बार्डीमा ११४ सेना खटिने छन् । यो संख्या थोरै भए पनि सकारात्मक छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *