Sajhamanch Archive

धेरै मेडन ओभर बलिङ गर्ने पाँच खेलाडी

Published: (Updated: ) in खेलकुद by .

विश्वकै सर्वाधिक चर्चित फ्रेन्चाइज क्रिकेट आईपीएल कोरोना भाइरसको त्रासका कारण १५ अप्रिलसम्मका लागि स्थगित भइसकेको छ । अहिलेकै अवस्था कायम रहे १५ अप्रिल देखि पनि प्रतियोगिता आयोजना हुने सम्भावना छैन ।

क्रिकेटमा बलिङ, ब्याटिङ, फिल्डिङलगायत धेरै कुराहरुले खेलको हारजित तथा खेलाडीहरुको व्यक्तिगत प्रदर्शनको मापन गर्दछन् । बलिङमा कम रन दिने, धेरै विकेट लिने, कम छक्का र चौका खानेलगायतका विभिन्न मानकहरु हुन्छन् जसले खेलाडीको स्तर कायम गर्दछन् ।

ब्याट्स्म्यानलाई एक ओभरमा कुनै पनि रन नदिनुलाई मेडन ओभर भनेर बुझिन्छ । मेडन ओभर बलिङ गर्न सक्ने खुबीले पनि बलरको व्यक्तिगत प्रदर्शन र स्तरमा निकै महत्व राख्छ ।

आईपीएलको करियमा सबैभन्दा धेरै मेडन ओभर बलिङ गर्ने पाँच खेलाडी यस्ता छन :

प्रविणकुमार

आईपीएलको इतिहासमा सर्वाधिक मेडन ओभर बलिङ गर्ने खेलाडी हुन् भारतका प्रविणकुमार ।

कुमारले २०१० मा राजस्थानविरुद्ध ह्याट्रिक पनि लिएका थिए । मेरठ मेलको नामले परिचित प्रविणकुमार किंगस इलाभेन पञ्जाबका मुख्य खेलाडी हुन् । आईपीएलको ११९ म्याचमा उनले १४ ओभर मेडन बलिङ गरेका छन् । २००७ मा भारतका लागि डेब्यु गरेका उनले २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

इरफान पठान

किंग्स इलाभेन पञ्जाबका  तर्फबाट आईपीएलको करियर शुरु गरेका खेलाडी हुन् इरफान पठान । उनी सर्वाधिक मेडन ओभर बलिङ गर्ने दोस्रो खेलाडी हुन् । उनले १०३ म्याचमा १० ओभर मेडन राखेका छन् । पञ्जाबका साथै उनले तत्कालिन दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स), सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्सबाट पनि आईपीएल खेले । १९ वर्षको उमेरमा भारतीय टिममा डेव्यु गरेका इरफान २००७ मा भारतले टी २० विश्वकप जित्दा सदस्य थिए । उनले २०२० को जनवरीमा क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

धवल कुलकर्णी

भारतीय टिमका लागि १२ एक दिवसीय र २ टी २० खेलेका धवल कुलकर्णी आईपीएलमा सर्वाधिक मेडन ओभर बलिङ गर्ने खेलाडीको तेस्रो नम्बरमा पर्छन् । मुम्बई इन्डियन्सबाट आईपीएलमा डेब्यु गरेका कुलकर्णी गुजरातलायन्स र राजस्थान रोयल्सबाट खेलिसकेका छन् । आईपीएलमा ९० म्याच खेल्दा कुलकर्णीले ८ ओभर मेडन राखेका छन् । कुलकर्णीले एकै इनिङमा ४ विकेट पनि लिएका छन् ।

लासिथ मालिंगा

विश्वकै खतरनाक बलरमा पर्छन लासिथ मालिंगा । श्रीलंकन खेलाडी मालिंगाले आईपीएलमा १७० म्याच खेल्दा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । मुम्बई इन्डियन्सलाई चार पटक च्याम्पियन बनाउँदा मुख्य भूमिका निर्वाह गरेका मालिंगाले गत सिजनका १२ म्याचमा १६ विकेट लिएका थिए । यस पटक पनि उनीबाट टिमले ठूलो अपेक्षा लिएको छ । तर प्रतियोगिता हुने या नहुने अझै निश्चित भने छैन । उनले आईपीएलमा अहिलेसम्म ८ ओभर मेडन राखेका छन् ।

सन्दीप शर्मा

सन्दीप शर्माले २०१३ को आईपीएलबाट डेब्यु गरेका थिए । उनी २०१९ सम्म किंग्स इलाभेन पञ्जाबबाट खेलेका छन् । सन्दीपले ७९ म्याचमा ७.८१ को इकोनोमी रेटमा ९५ विकेट लिएका छन् । २०१२ को यु १९ विश्वकपमा बनाएको पहिचानकै कारण उनी फ्रेन्चाइज क्रिकेटमा आएका थिए । उनले अहिलेसम्म ८ ओभर मेडन राखेका छन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *