Sajhamanch Archive

झापामा लकडाउन उल्लंघन गर्ने सात मोटरसाइकल प्रहरी नियन्त्रणमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । सरकारले आजबाट लागू गरेको लक डाउनलाई नागरिकले नै उल्लंघन गरेका छन् ।

झापामा अवज्ञा गर्ने ७ वटा मोटरसाइकल ट्राफिकप्रहरीले नियन्त्रणमा लिएको छ। मानिसको भिडभाड हुने ठाउँमा प्रहरीले उपस्थिति बाक्लो बनाएको र धेरैलाई सम्झाएर घर पठाएको ट्राफिक प्रहरी प्रमुख प्रकाश जबेगुले जानकारी दिए।

झापाका १८ बटै पोस्टबाट लकडाउन ब्यबस्थित बनाउन काम गरिरहेको जबेगुले बताए । बिश्वब्यापी फैलिएको कोरोना भाइरस बाट नेपाल हाल सम्म सुरक्षित छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा संक्रमण देखिएपछी सरकारले लक डाउनको घोषणा गरेको हो।

झापा सहित देश भर गरिएको लकलाई भने नागरिक स्तरबाटै उल्लंघन गरिनु काल निम्त्याउनु जस्तै भएको बिज्ञहरु बताउछन् ।यता झापामा भने प्रहरीले बाटो छेकेर बसेको छ।झाका मुख्य शहरमा प्रहरी संकृय भएर सरकारको निर्णय कार्यान्वयन गराउन लागेको छ।बिर्तामोड ,दमक,धुलाबारी ,काकडभिट्टा ,भद्रपुर,लगायतका क्षेत्रमा माइकिङ्ग तथा प्रहरी आफै सडकमा आएर सबैलाई घर भित्र बस्न आग्रह गरेको छ।यस्तै गाउँमा भने सर्बसाधारण हरु खेतबारीमा ब्यस्त देखिन्छन् ।यति बेला किसानले लगाएको मकै गोड्ने समय भएकाले खेतमा काम गर्ने किसान प्रसस्त देखिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *