Sajhamanch Archive

सुत्केरी आमालाई लगाउनुपर्ने सुइ शीशुलाई लगाइ दिएपछि …

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

वीरगन्ज । बाराको कलैयास्थित जिल्ला अस्पतालमा नर्सले सुत्केरी आमालाई लगाउनुपर्ने सुइ शिशुलाई लगाएको घटना बाहिर आएको छ ।

नर्स खातुनले बाराको फेंटा गाउँपालिका ६ पुरैनियाकी २४ वर्षीया सुत्केरी रिजवानी खातुनलाई सुइ नलगाएर नवजात शिशुलाई सुइ लगाएकी हुन् । रक्त समूह निगेटिभ भएको सुत्करी आमालाई दिइने एन्टी डी नामको सुइ , नर्स खातुनले आमालाई लगाउनु साटो शिशुलाई लगाइ दिएकी हुन् ।

रिजवानीले मङगलबार बिहान कलैया अस्पतालमा छोरीको जन्म दिएपछि नर्सले भुलवश सुत्केरीलाई दिनुपर्ने सुइ शिशुलाई दिएको अस्पतालले जनाएको छ ।कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्र मण्डलले भुलवश सुत्केरीलाई दिनुपर्ने सुइ शिशुलाई लगाइ दिएको स्वीकार गरेका छन् ।

नर्स अन्जुम खातुन बुधबार दिउँसो  दुईबजे डयु्टिमा आएपछि यस बारे विस्तृत जानकारी दिने उनले  बताए  । खातुनले जन्म दिएकी नवजात शीशुको उपचार वीरगन्जमा भइरहेको र अवस्था सामान्य रहेको मेसु मण्डलले बताए  ।

रक्त समूह निगेटिभ भएकी आमाले अर्को पल्ट बच्चा जन्माउँदा बच्चा जिवित जन्माओस् भनेर बच्चा जन्माएको बेला एनटी डी सुइ लगाउने गरिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *