पाँचथरका अनिलको न्युयोर्कमा कोरोना भाइरसबाट मृत्यु
Published: (Updated: )
by .
कोरोना भाइरसले विदेशमा रहेका दुई जना नेपालीको ज्यान लिएको छ।
पछिल्लो समय अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसका कारण पाँचथरका अनिल लिम्बुले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।
पाँचथर कुम्मयाक गाँउपालिका-९का ५० वर्षीय अनिलको मृत्यु भएको उनका दाइ खगेन्द्र सम्बाहाम्फेले पुष्टि गरेका छन्। अनिलको मृत्युबारे खगेन्द्रलाई पनि उनका माइला भाइले हङकङबाट जानकारी दिएका हुन्।
‘माइलाको फोन आएको थियो। ७ दिन अघि अस्पतालको आइसियूमा राखेको थियो,’ खगेन्द्रले भने,’कोरोनाभाइरसको कारण मृत्यु भएको भनेको छ।’
Comments