Sajhamanch Archive

सशस्त्र प्रहरीले डेडिकेटेड कोरोना हस्पिटल बनाउन प्रक्रिया थाल्यो

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले डेडिकेटेड कोरोना अस्पताल बनाउन प्रक्रिया थालेको छ ।

सशस्त्र प्रहरी  तालिम शिक्षालय र ९ नम्बर बाहिनी  खाली गराई हिजो देखिनै निर्माण प्रक्रिया शुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तो हस्पिटल माहमारी रोकथामपछि डिस्पोजल गर्नुपर्ने भएकोले अहिले भैरहेको सतुंगलस्थित हस्पिटललाई पनि कुनै  न कुनै रुपमा  प्रयोगमा ल्याउने गरी नयाँ ठाउँमा समेत निर्माणको काम थालिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रविन कुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि सरकारले कोरोना संक्रमित व्यक्तिहरुको उपचारका लागि सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताललाई मुख्य अस्पतालका रुपमा तोकेको थियो ।

मंगलबार स्वास्थ्य  मन्त्री भानुभक्त ढकालको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुखसहितको निरीक्षणले स्वीकृति दिएपछि काम थालनी भएको उनको भनाइ छ ।

अहिले अस्पताल बन्ने स्थानमा रहेको संरचना खाली गराउने काम भइरहेको छ । प्रवक्ता श्रेष्ठका अनुसार त्यहाँ रहेको ९ नम्बर बाहिनीलाई  सानो गौचरन र कुकुर शाखालाई भक्तपुर सार्ने काम भइरहेको । यस्तै एपीएफ कमाण्ड स्टाफलाई  मातातीर्थमा सार्ने काम सुरु भैसकेको छ ।

यसअघि नै अस्पताललाई आवश्यक पर्ने साधन स्रोत र जनशक्तिका बारेमा एपीएफले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।

एपीएफका अनुसार अस्पताल निर्माणका लागि बजेटलगायतको आवश्यक व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नेछ ।

हाल नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ  ।

कोरोनाका संक्रमण थप फैलिएमा आवश्यक उपचारमा नेपाली सेनाका चिकित्सकको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सामुदायिक तथा निजी अस्पतालका चिकित्सकलाई पनि सहभागी गराउने सरकारको निर्णय छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *