Sajhamanch Archive

इलाका प्रहरी कार्यालय झिलझिलेको सक्रियता, १०९ वटा सवारी साधन नियन्त्रणमा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । सरकारले देशभरी लकडाउन गरेको दोस्रो दिन प्रहरीले सक्रियता देखाएको छ । बुधबार इलाका प्रहरी कार्यालयले झिलझिलेले लकडाउनको अवज्ञा गर्दै चलाइएको १०९ वटा सवारी साधानलाई नियन्त्रणमा लिएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई ट्राफिक प्रहरी पोष्टको संयुक्त टोलीले १ सय ५ वटा मोटरसाईकल र ४ वटा अटोरिक्सा नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यलय झिलझिलेले मोटरसाईकल र अटो रिक्सा शिवसताक्षी नगरको पूर्व पश्चिम राजमार्ग सडक खण्डबाट नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिएका मोटरसाईकल ईलाका प्रहरी कार्यलय झिलझिलेमा राखिएको छ । सरकारले आव्हान गरेको लक डाउनको अटेर गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ९७ वटा मोटरसाईकल र स्कुटी नियन्त्रणमा लिएको छ भने ७ वटा अटो रिक्सालाई पनि नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएका साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ ।

‘प्रहरीले ठाँउ ठाउमा चेकिङ राखेको छ,’ जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी महेन्द्र श्रेष्ठले भने, ‘इमर्जेन्सी कामवाहेक चलाइएको सवारीलाई नियन्त्रणमा लिँदै चालकलाई घर फर्काइदिने गरेका छौं ।’उनले अनावश्यक रुपमा हिँडडुल गर्ने मानिसहरुलाई पनि रोकेर घर फर्काउने गरेको समेत बताए । अति आवश्यक कामवाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *