Sajhamanch Archive

हिरोइन नोरा फतेहीको कामुक तस्बिर

Published: in फोटो by .

काठमाडौं । बलिउड फिल्म ‘सत्यमेव जयते’को ‘दिलबर’ बोलको गीत रिलिज भएसँगै धुम मच्चाएको छ । यो गीतले युट्युबमा एकैदिनमा लाखौँ दर्शक पायो । त्यसको मुख्य कारण हो, डान्सर हिरोइन नोरा फतेही ।

गीतमा नोराको डान्स, एक्सप्रेसन तथा प्रस्तुतिले निकै तारिफ पाएको छ । सन् १९९९ को ‘सिर्फ तुम’ फिल्मको गीतलाई सत्यमेवा जयतेमा रिमिक्स गरेर राखिएको छ ।

त्यो फिल्ममा यो गीतमा सुस्मिता सेनले डान्स गरेकी थिइन् । सत्यमेव जयतेमा त्यो गीतको रिक्रियट गरिएको छ । जसकारण पनि दर्शकले मन पराएको बताइन्छ । यो गीत आएपछि नोराका फ्यान ह्वात्तै बढेका छन् ।

नोरा मोडल, डान्सरका साथै अभिनेत्री पनि हुन् । उनी हाल सलमान खानको ‘भारत’ फिल्मका कारण चर्चामा छिन् । सो फिल्ममा उनले एउटा आइटम डान्स गर्न सक्ने सम्भावना रहेको बताइन्छ । एजेन्सी

 

  

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *