सुनसान बन्यो झापा
Published: (Updated: )
by .
कमल । कोरोना भाइरस (कोभिड १९)को प्रकोपलाई न्युनिकरण गर्नकालागी नेपाल सरकारले गरेको लकडाउनको तेस्रो झापाको सबै बजार तथा गाउँ सुनसान बनेको छ । कमल गाउँपालिका अन्तरगत रहेका बजारमा विहीबार चलहलपल सुरु भए पनि दिउँसो पूर्ण रुपले बन्द छ ।
कमल गाउँपालिकामा अपरान्नतिर नेपाल प्रहरीले माइकिङ्ग गर्दै कलडाउनको समयमा कसैलाई बाहिर ननिस्कन आग्रह गरेको छ । महामारीबाट आफु बचौं र अरुलाई पनि बचाउँ भन्ने नारा सहित प्रहरीले माईकिङ्ग गरेपछि बजार पुन सुनसान भएको थियो ।
त्यस्तै झापाका मुख्य बजार धुलाबारी, विर्तामोड, भद्रपुर, दमक लगायतका स्थानहरु सुनसान छन् । प्रहरीले लकडाउन उलंल्घन गर्नेलाई भाटे कारवाही समेत सुरु गरेको जनाएको छ ।
Comments