Sajhamanch Archive

कोरोना नियन्त्रणका लागि ‘लकडाउन’ गर्न चीनले दिएको सुझाव अमेरिकाद्वारा अस्वीकार

Published: in राष्ट्रिय समाचार by .

एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । चीन र इटालीलाई पछि पार्दै अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अन्य देशको तुलनामा संक्रमितहरुको संख्या बढ्दै गएको हो । गत वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएको बीबीसीले जनाएको छ ।

कोरोनाका कारण विश्वव्यापी रुपमा २३ हजार ७ सय ४० जनाको मृत्यु भइसकेको छ । ५ लाख २६ हजार संक्रमितमध्ये एक लाख २१ हजार जना उपचारपछि घर फर्किएका छन् ।

यसैबीच चीनका राष्ट्रपति सी चिनफिङले महामारी नियन्त्रणका लागि लकडाउन गर्न दिएको सुझाव अमेरिकाले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा लकडाउन नगर्ने घोषणा गरेलगत्तै संक्रमितको संख्या बढ्न थालेको बताइएको छ ।

अमेरिकामा ८३ हजार ५ सय ४५ जना संक्रमितमध्ये एक हजार दुई सय एक जनाको मृत्यु भएको छ । इटालीमा आठ हजार दुई सय १५ जनाको मृत्यु भएको छ भने ८० हजार ६ सय जना संक्रमित भएका छन् ।

यस्तै स्पेनमा ५६ हजार संक्रमितमध्ये ४ हजार एक सय ४५ जनाको मृत्यु भएको छ । चीनमा तीन हजार दुई सय ८७ जनाको मृत्यु भएको छ भने ८१ हजार दुई सय ८५ जना संक्रमित रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *