Sajhamanch Archive

पर्सा निकुञ्जमा गोली हानाहान, एक जनाको मृत्यु, सेनाका जमदार घाइते

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान हुँदा एकको ज्यान गएको छ ।

गोली हानाहान हुँदा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको ज्यान गएको छ । घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् ।

निकुञ्जको मुख्य क्षेत्रमा करिब ११ जनाको समूहले सुरक्षाकर्मीलाई देखेपछि फायरिङ्ग गरेको र त्यसको जवाफमा सुरक्षाकर्मीले गोली चलाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

आज (शुक्रबार) बिहान करिब साढे ९ बजेको समयमा वन्यजन्तु चोरी शिकारी समूहले गोली चलाएपछि त्यसको जवाफमा फायरिङ्ग गर्दा परिचय खुल्न नसकेका एक व्यक्तिको मृत्यु भएको हो ।

सेनाको गस्ती टोलीलाई देख्ने बित्तिकै चोरी शिकारी समूहले गोली चलाएको थियो । जसमा जमदार छन्त्याल घाइते भएका छन् । शिकारी समूहका एक जनाको मृत्यु भएको छ । अन्य व्यक्तिहरु भने हतियारहरु छाडेर फरार भएका छन् ।’

निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षा गस्ती टोलीले मकवानपुरका मोहनसिंह दोङ्गलाई पक्राउ गरेको उनले बताएका छन् । घटना स्थलबाट सुरक्षाकर्मीले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरु समेत बरामद गरेको उनले बताए ।

बन्दको मौका छोपेर वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै निकुञ्जको गस्तीलाई कडा पारिएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *